दुई विद्यार्थी बीच एक आपसमा छुरा हानाहान, अन्य पाँच घाइते

37

संतोष रन्जितकार
वीरगंज, २० असार ।
नेशनल मेडिकल कलेजमा एमबिबिएस कक्षामा अध्ययनरत दुईजना बिधार्थी आफैमा छुरा हानाहान गरेको समाचार प्राप्त भएको छ । सर्लाही गोरैता नागरपालिका रामवन निवासी रन्जीत प्रसाद तथा रौतहट रमौली निवासी अरबिन्द सहनी बिच शुक्रबार बिहान छुरा हानाहान भएको थियो ।
छुरा हानाहानबाट ५ जना घाईते भएका छन । घाईते हुनेमा रन्जीतका ५० बर्षीय आमा मिना देवी तथा बहिनी चान्दनी कुमारी रहेको प्रहरीले जनाएको छ । स्थानिय जोतन साहको घरमा कोठा लिई अध्ययन गरिहेको दुबै बिद्यार्थीहरु बिच बेला–बेलामा झै–झगडा हुने गरेको छिमिकीले जनाएका छन् ।
आज बिहान रन्जीतको कोठामा झ्यालबाट अरबिन्दले हेरेपछि दुबै बिद्यार्थीहरु बिच बिवाद भएको थियो । बिवादको क्रममा अरबिन्द छुरा प्रहार गर्दा मिनादेवी तथा चांदनी देवीको हात तथा पेटमा छुरा लागेको छ । दुबै बिद्यार्थीहरुको हाथ तथा जिउको अन्य भागमा घाउ लागेको छ । सो प्रहारमा घाइते भएका ५ जनाको नेशनल मेडिकल कलेज वीरगजमा उपचार भईरहेको छ ।