नेपाल आदिवासी जनजाती महासंघको बैठक सम्पन्न

25

संतोष रन्जितकार
वीरगंज, २० असार ।
नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद पर्साका अध्यक्ष कमल बहादुर पिठाकोटे मगरको अध्यक्षतामा बैठक सम्पन्न भएको छ ।
आदर्श थारु छात्रावासको सभाहलमा बसेको बैठकले यहि श्रावण १८ गते आदर्श थारु छात्रावासमा तेस्रो जिल्ला अधिवेशन गर्ने निर्णय गरेको हो ।
बैठकमा नेपाल आदिवासी जनजाती महासंघ रौतहटका अध्यक्ष रामआश्रय चौधरी, पर्साका उपाध्यक्ष जंगि महतो धानुक, सचिब जगत राई, सह–सचिब प्रभु उरार्व, बृज मोहन प्रसाद चौधरी, अजित भुजेल, सोम बहादुर लामा र कानुनी सल्लाहकार अभय दास थारु लगायतको सभागिता रहेको थियो ।