सामुदायिक विद्यालयको शिक्षाको स्तर सुधार्नु हामी सबैको दायित्व हो ः सांसद यादव

15

संतोष रन्जितकार
वीरगञ्ज,२० असार ।
समाजवादी पार्टी नेपालका युवा नेता एवम प्रतिनिधि सभा सदस्य सांसद प्रदिप यादवले सामुदायीक विद्यालयको शिक्षाको स्तर सुधार गर्न हामी सबैको दायित्व भएको बताउनु भएको छ ।
श्री नेपाल राष्ट्रिय माध्यमीक विधालय व्यवस्थापन समिती नगवाको आयोजनामा सुरु गरिएको प्रारम्भीक शिक्षा पढाई मेला कार्यक्रमलाई सम्बोधन गर्दै संघिय सांसद यादवले नेपाल सरकारले सामुदायीक विद्यालयहरुको शिक्षाको स्तर बढाउन विभिन्न योजनाहरु ल्याइरहेकोले हामीहरुले पनि आफ्ना बालबालीकाहरुलाई सामुदायीक विद्यालयमा आफ्ना छोराछोरीलाई पढन् पठाउन आग्रह समेत गर्नु भयो । सामुदायीक विद्यालयको अवस्था सुधार गर्ने तर्फ हामी सबैको दायीत्व रहेको बताउदै सांसद यादवले भने भारतमा सामुदायीक विधालयको अवस्था यती राम्रो छ की भारतको केन्द्रिय विधालयमा आफ्ना बालबालीकाहरुलाई पढाउन ठुलै सिफारीसको आवश्यक्ता पर्ने गर्छ सोही अनुरुप नेपालको सामुदायीक विधालयको अवस्था सुधार गर्न नेपाल सरकारले पनि नेपालको सबै ठाउँमा केन्द्रिय विधालयको स्थापना गर्न सुझाव दिनु भयो । शिक्षाको क्षेत्रमा अहिले धेरै सुधार भएको बताउदै सांसद यादवले पहिला बालबालीकाहरुले स्कुल पढ्न आउँदा बस्नको लागि घरबाटै बोरा ल्याउनु पर्ने अवस्था थियो, अहिले स्कुलमा धेरै सुधार भएको बताउनु भयो । सामुदायीक विधालयको बिग्रेको शिक्षाको स्तरलाई सुधार गर्ने तर्फ सरकारको नीति रहेको बताउदै सांसद यादवले सोही नीति अनुरुप अहिले सामुदायीक विधालयहरुमा सिसीटिभी क्यामेरा जडान भइरहेको बताउनु भयो । बालबालीकाहरु स्कुलमा पढिरहेका छन कि छैनन् शिक्षकहरु बालबालीकाहरुलाई पढाई रहेका छन कि छैनन् यही सब कारणले सामुदायीक विधालयको शिक्षाको स्तर सुधार गर्ने तर्फ सरकार अग्रसर रहेको बताउनु भयो ।
कार्यक्रममा समाजवादी पार्टीका नेता रामनरेश यादव, सुन्दर कुर्मी, नगर अध्यक्ष इश्वरचन्द्र यादव, महानगरका शिक्षा इकाई प्रमुख अरविन्दलाल कर्ण, मुकेश द्विवेदी, वडा नम्बर १६ का वडा अध्यक्ष श्यामबाबु चौरसीया लगायतले शुझकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यत्रम विधालय व्यवस्थापन समितीका अध्यक्ष अरुण कुमार यादवको अध्यक्षतामा सम्पन्न भएको थियो ।