आकस्मिक रक्तदान कार्यत्रम सम्पन्न, ४ महिला सहित ६१ जनाद्वारा रक्तदान

51

संतोष रन्जितकार
वीरगंज, २१ असार ।
क्रिकेटर महेन्द्र सिंह धोनी फm्यान क्लब वीरगंजले शनिबार रक्तदान कार्यत्रमको आयोजना गरेको छ । प्रचण्ड गर्मीमा बढ्दो रगतको अझावलाई मध्यनजर गरी आकस्मिक रक्तmदान कार्यत्रमको आयोजना गरिएको हो ।
आकस्मिक रक्तदान कार्यत्रमको प्रमुख अतिथी नेपाल पत्रकार महासंघ प्रदेश २ का अध्यक्ष दीपेन्द्र चौहान, बिशिष्ठ अतिथी नेपाल रेडक्रस सोसाइटी प्रदेश नं. २ का अध्यक्ष फुलमहम्मद मिया, सहायक प्रमुख जिल्ला अधिकारी नेत्र प्रसाद शर्मा, ब्लड डोनर्स एसोसिएसन नेपाल पर्सामा अध्यक्ष शत्रुधन नेफाल, आकस्मिक रक्तदाता क्लबका संयोजक अरबिन्द सिंह, रेडत्रस पर्साका अधिकृत उदयराज शर्मा, वडा प्रहरी कार्यालय बिर्ताका प्रहरी निरिक्षक निशान थाफाले रक्तदान गर्ने रत्तदातालाइ रगत संकलन गर्ने ब्याग हस्तान्तरण गरी कार्यक्रमको सुभारम्भ गर्नु झएको थियो । सो कार्यक्रममा ४ महिला सहित ६१ जनाले रत्तदान गरेका थिए ।
रक्तदान गर्नेमा रोमी शाह, राजन गुप्ता, राजश्री चौरसिया, सुलभ स्वस्तिक, मनिस साह, प्रेम पटेल, भिशा गुप्ता, बिराट गुप्ता, ओशम गुप्ता, बिकास चौहान, पप्पु यादव, आकाश जैसवाल, अमर गुप्ता, सागर सरार्फ, सुरज सरार्फ, विशाल कुमार कानु, अंकित गिरि, सुजित साह, गितान्जली पटेल, रन्जु ठाकुर, जयनारायण महतो, सुजन पौडेल, असोक कुमार, राजकुमार राउत, गणेश सरार्फ, अझिनाश गिरी, मुर्तुजा हवारी लगायतका व्यक्तिहरु रहेका थिए ।
रेडत्रस रक्तसञ्चार केन्द्रका डिलमाया घिमिरेको टोलिले प्राबिधिक सहयोग गरेका थिए ।
रक्तदान गर्ने सम्पुर्ण रक्तदातालाई प्रमाणपत्र प्रदान गर्नुका साथै मानविय सेवा कार्यको प्रशंसा अतिथीहरुबाट गरिएको थियो, कार्यक्रमको समन्वय एवं सहजीकरण स्वयंसेवक राजनकुमार श्रीवास्तवले गर्नु भएको थियो ।

https://ankushdaily.com/