छपकैया गुठीद्वारा भिस्वामा बृहत सरसफाइ

7

संतोष रन्जितकार
वीरगंज, २१ असार ।
स्वास्थ्यको लागि योग, निरोगीको लागि सरसफाइ भन्ने नाराका साथ बृहत सरसफाइ कार्यक्रमको आयोजना गरिएको थियो ।
जीवन बिज्ञान बिरगंज र छपकैया गुठी छपकैया–२ को संयुक्त आयोजनामा शनिबार बिरगंजको भिस्वा मन्दिरको डाडामा सरसफाइ गरिएको हो ।
सरसफाइ कार्यक्रममा जीवन बिज्ञान बिरगंजका संयोजक सुनिल जोशी, योग गुरु सुनिता गौतम, सबिता खरेल, प्रकाश केडिया, रोशन श्रेष्ठ, ईन्द्र मानन्धर, सरोज खडका, सुनिल कायस्थ, प्रिति केडिया, गिता श्रेष्ठ र छपकैया गूठी छपकैया–२ का अध्यक्ष धिरज शर्मा, उपाध्यक्ष प्रबिण बिक्रम शाह, राजेश राणा, सचिव अजित कुमार भुजेल, सदस्यहरु प्रकाश कुमार साह, सुनिल सुवेदी र कृष्ण कार्की लगायत भिस्वा क्लबका पदाधिकारीहरु, प्रहरी चौकीका प्रहरीहरुको सभागिता रहेको थियो ।
त्यसै गरि आजै छपकैया गुठीको बसेको बैठकले यहि साउन ४ गते शनिबारका दिन छपकैया गुठी र सामुदायिक सेवा केन्द्र छफकैया–२ को संयुक्त आयोजनामा रत्तदान कार्यक्रम गर्ने निर्णय गरेको अध्यक्ष धिरज शर्माले जानकारी दिनु भएको थियो ।