पर्सा प्रहरीद्वारा अवैध मालसामान पक्राउ

27

संतोष रन्जितकार
वीरगंज, २१ असार ।
पर्साको बिभिन्न ठाउँहरुबाट प्रहरीले अवैध तरिकाले आयात/निर्यात गर्ने मालसमान नियन्त्रणमा लिएको छ । नेपाल र भारतको सीमा नाका हुँदै तस्करी बढनासाथ जिल्ला प्रहरी कार्यालय पर्सा र मातहातका कार्यालयबाट खटिएको टोलीले अवैध तरिकाले आयात/निर्यात गर्ने मालसमान पक्राउ गरेको हो ।
नेपाल र भारतको सीमा नाकाबाट तस्करी बढ्नासाथ जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको टोलीले मोटर पार्टस, हार्डवेयर, कपडा लगायतको समाग्री पक्राउ गरिएको पर्सा प्रहरीले जनाएको छ । विभिन्न मितिमा पर्सा प्रहरीले पक्राउ गरिएको करिब ६ लाख १४ हजार ८० रुपैया बराबरको मालसमान आवश्यक कारवाहीको लागि शनिबार वीरगंज भन्सार कार्यालयमा बुझाइएको प्रहरीले जानकारी दिएको छ ।

https://ankushdaily.com/