संतोष रन्जितकार
वीरगंज, २१ असार ।
महिलाहरुलाई लक्षित गरी शुरु गरिएको पाँच दिने चित्रकला बनाउने तालिम शनिबार सम्पन्न भएको छ । वीरगंज महानगरपालिका नगर कार्यपालिका कार्यालयको आर्थिक सहयोग तथा सहयोगी नेपालको आयोजनामा वीरगंज वडा नं.७ मा आयोजित पाँच दिने चिक्रकला तालिम एक कार्यत्रम बीच सम्पन्न भएको हो ।
संघीय समाजवादी महिला फोरमकी केन्द्रिय सदस्य सुनिता साहको प्रमुख आतिथ्यमा आयोजित समापन कार्यक्रममा सहयोगी नेपालका अध्यक्ष तबरेज अहमदको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो । २० महिला सहभागी रहेको कार्यक्रमको प्रमुख प्रशिक्षक मुकेश महतो नुनियाले बताए ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि सुनिता साहले महिलाहरुलाई रूढीवादी कार्य माक्र नगरेर हरेक क्षेत्रमा सत्रिय सहभागिता देखाउन आग्रह गरिन् । उनले महिलालाई थप सशक्त बनाउन यस्ता तालिम र कार्यशाला आवश्यकता रहेको बताइन ।
त्यसैगरी सहयोगी नेपालका अध्यक्ष तबरेज अहमदले कलाकारितालाई पेशाका रुपमा लिएर अगाडि बढ्न सकिने बताए । उनले आज विश्वमा धेरै कलाकारहरु चित्र बनाएर लाखौँ आम्दानी गरिरहेको बताए । अहमदले सहयोगी नेपाल संस्थाले आगामी दिनमा पनि यस्ता थप तालिमहरु आयोजना गर्ने जानकारी गराउदै वीरगंज महानगरफालिकालाई तालिम आयोजना गर्न सहयोग गरेकोमा धन्यबाद व्यक्त गरेका थिए । कार्यत्रममा वडा नं. ७ का वडा सदस्य, सहयोगी नेपालको तर्फबाट किरण गिरी, शशीकान्त सर्राफ र आशु सर्राफ लगायतको उपस्थिति रहेको थियो ।