बृहत घरदैलो सरसफाई कार्यक्रम सम्पन्न

12

संतोष रन्जितकार
वीरगंज, २१ असार ।
सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी कुम्हालटोलले बृहत घरदैलो सरसफmाई कार्यक्रमको आयोजना गरेको छ ।
सो कार्यत्रम सामुदायिक सेवा केन्द्रका अध्यक्ष रमेश चौधरीको सभापतित्वमा सम्पन्न भएको थियो । सो सरसफाई अभियान कार्यर्क्रममा घरको छेउ–छाउमा फालेको फोहरहरुको सफाई गरिएको थियो भने सम्बन्धित व्यक्तिहरुलाई सो कार्य नगर्न भनी सुझाव समेत दिइएको थियो । सरसफाई अभियानमा वडा नं. ५ का वडा अध्यक्ष प्रदिप चौरसिया, वडा प्रहरी कार्यालय बिर्ताका प्रहरी निरिक्षक निशान थापा सहितको टोली, सो टोलका भद्रभलादमीहरु र सामुदायिक सेवा केन्द्र कुम्हालटोलका उपाध्यक्ष सन्जु दाहाल, सचिव श्रवण रायमाझी, सन्ध्या भट्ट, सम्झना मल्ल, रितु घिमिरे, तारा बिष्ठ, मुना दाहाल, भवानी पौडेल, मसुद आलम अंसारी, सुनिता विक, नन्दलाल राउत अहिर लगायतको सहभागिता रहेको थियो ।