बुहारीद्वारा सासुमाथि धारिलो हतियार प्रहार, सासु घाइते

8

संतोष रन्जितकार
वीरगंज, २२ असार ।
पर्साको कालिकामाई गाउँपालिका वडा नम्बर २ भेडिहारीमा आफनै सासुलाई धारिलो हतियार प्रयोग गरी गम्भीर घाईते बनाएकी ईन्दु देवी रामको सहयोगीलाई प्रहरीले पक्राउ गरेको छ ।
ईन्दुले आफनै सासु भेडिहारी निवासी भोज रामकी श्रीमती ५५ बर्षीय राजपति देवी रामलाई शुक्रबार राती २ बजे धारिलो हतियार प्रयोग गरी गम्भीर घाईते बनाएकी थिईन । घाईते राजपतिको बिरगंजको न्युरो अस्पतालमा उपचारको क्रममा होस आए पछि दिइएकी बयान अनुसार र शनिबार ईलाका प्रहरी कार्यालय पोखरीयाको टोलीले धोबिनी गाउँपालिका वडा नम्बर ५ धोबिनीका २० बर्षीय ढेलवा भनिने सुनर पासवानलाई पक्राउ गरेको हो ।
प्रहरी नियन्त्रणमा रहेका पासवानले पटक–पटक भोज रामको घरमा आउने जाने र भोज रामको बुहारी ईन्दु देवी राम सित कुराकानी गर्ने गरेको पोल खुलेको छ । ढेलवाका कारण नै भोजको घरमा पटक–पटक झै–झगडा हुने गरेको थियो ।
सोही सिलसिलामा शुक्रबार राती ८ बजे नै धोबिनीका सुनर पासवान मेरो घरमा प्रबेश गरेको भोजको भनाई छ । मेरो श्रीमती राजपतिलाई घरमा आएको पता लागे पछि खोजतलास गर्दा पासवान र ईन्दुले धारिलो हतियार प्रयोग गरेको पिडीत भोजले बताएका छन ।
ढेलवा पासवान र ईन्दुको भाई बिनोद साथी रहेको प्रहरीले जनाएको छ । साथीको बहाना गर्दै सधै भोजको घरमा ढेलवा आउने जाने गर्नाले समस्या उत्पन्न भएको सबैठवा प्रहरी चौकीका ईन्चार्ज भरत यादवले बताए ।
बुहारी ईन्दु र ढेलवा पासवान दुबै जना मिली आफुलाई धारिलो हतियार प्रयोग गरि घाइते बनाएको राजपतिले प्रहरी समक्ष बयान दिएकी हुन । आज ईन्दु र ढेलवा भनिने सुनर पासवान दुबै जना माथी घाईते भएकी राजपतिका श्रीमान भोजले जिल्ला प्रहरी कार्यालय पर्सामा उजुरी समेत दिएका छन । यस बिषयमा प्रहरीले अनुसन्धान जारी राखेको र कार्यवाही प्रक्रिया अगाडी बढाएको जनाएको छ ।