भौतिक विकासको साथसाथै मानवीय विकास आवश्यक ः मन्त्री सोनल

मन्त्री सोनलद्वारा आफ्नो संसदीय कोषबाट साईकल तथा स्कुटी वितरण

10

संतोष रन्जितकार
वीरगन्ज २२ असार ।
भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनलले आफ्नो संसदीय कोषको रकमबाट विद्यार्थीलाई स्कूटर वितरण गरेका छन । मन्त्री सोनलले आफनो संसदीय विकास कोषबाट बारा क्षेत्र नम्बर–४ मा रहेको उच्च माविका छात्राहरुलाई साइकल वितरण गरेका हुन् ।
बाराको फेटा गाउँपालिकामा रहेको नेपाल राष्ट्रिय माविको प्रा·णमा आइतबार एक कार्यक्रमको आयोजना गर्दै उनले उच्च माविमा अध्यनरत ७५ जना जेहेन्दार छाक्राहरुलाई साईकल बितरण गरेका हुन । सोही कार्यत्रममा मन्त्री सोनलले कक्षा ६ मा अध्यनरत एक दलित अपाङ छात्रलाई तीन पा·्रे स्कुटी समेत प्रदान गरेका थिए भने गर्मीको मौसमलाई मध्यनजर गर्दै विद्यालयको लागि २ सय थान सिलिङ पंखा समेत वितरण गरेका थिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री सनोनलले सन्तुलित विकासको लागि भौतिक विकासको साथसाथै मानवीय विकास आवश्यक रहेको तथा शिक्षा मानवीय विकासको प्रमुख आधार भएकोले यसको विकास गर्न कुनै कसर बाँकी नराख्ने मन्त्री सोनलको भनाई रहेको थियो ।