संतोष रन्जितकार
वीरगंज, २२ असार ।
सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी कुम्हालटोलको आयोजनामा वीरगंज महानगरपालिका वडा नं. ७ स्थित मेरी गोल्ड इ·िलस बोर्डि· स्कुलमा सामुदायिक सेवा केन्द्रका अध्यक्ष रमेश कुमार चौधरीको सभापतित्वमा वडा प्रहरी कार्यालय बिर्ताका प्रहरी निरिक्षक निशान थापाको प्रमुख आतिथ्यमा लागु औषध निषेध मादक पदार्थ तथा सुर्तीजन्य पदार्थका नकारात्मक असर सम्बन्धी विद्यालय केन्द्रित कक्षा ९ र १० का ८० जना विद्यार्थीहरुलाई प्रशिक्षण दिइएको थियो । सो प्रशिक्षण सानो पाइलाका कंचन झा र जिल्ला प्रहरी कार्यालय पर्साका प्र.स.नी बलबहादुर यादवले दिएका थिए । कार्यक्रममा मेरी गोल्ड इ·िलस बोर्डि· स्कुलका प्रिन्सिपल रबी कोइराला, सानो पाइलाका अजितम पाण्डे, सम्झना मल्ल, सन्ध्या भट्ट, सनी गुप्ता, इन्दिरा पोखरेल, तारा विष्ठ, मुना दाहाल लगायतको उपस्थिती रहेको थियो ।