वीरगंजको मुख्य सडक फराकिलो पार्ने काम शुरु

11

संतोष रन्जितकार
वीरगञ्ज, २२ असार ।
वीरगञ्ज महानगरपालिकाको मुख्य सडक २५ मिटर फराकिलो पार्ने काम सुरु भएको छ । सडक विभागले वीरगञ्जको मुख्य सडक २५/२५ मिटर दायाँ बायाँ फराकिलो पार्ने काम सुरु गरेको हो ।
विभागले सडक अतिक्रमण गरि बनाइएका घर टहराहरु हटाउन जारी गरेको १५ दिने सूचनाको म्याद शनिबार सकिएपछि सडक फराकिलो पार्ने प्रक्रिया अघि बढाएको हो ।
विभागले आइतबारबाट वीरगञ्जको मुख्य सडकको दायाँ बायाँ २५/२५ मिटरसम्मको सडकमा नापी नक्सा गरि चिन्ह लगाउने काम सुरु गरेको सडक डिभिजन कार्यालय हेटौँडाका प्रमुख इञ्जिनियर सुमन योगेशले जानकारी दिए । उनले अतिक्रमण गरेर बनाइएका घर टहराहरु स्थानीयले आफै नभत्काए अब डोजर लगाएर भत्काइने बताए ।