वीरगन्ज, २२ असार ।
वीरगन्ज महानगरपालिका वडा नम्बर १६ नगवामा रहेको श्री बौद्धीमाई मन्दीर क्षेत्र विकास संचालक समितिको प्रथम अधिवेशन सम्पन्न गरी पुन नयाँ कार्यसमिति चयन गरेको छ । संस्थाको उदघाट्न सत्र शनिबार भव्य रुपमा सम्पन्न भएको थियो ।
अधिवेशनको आज दोश्रो दिन आइतबार सम्पन्न बन्द सत्रले सर्वसहमतबाट संस्थाका पूर्व अध्यक्ष राम आधार चौरसियाकै अध्यक्षतामा २१ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । जसको प्रथम उपाध्यक्षमा अशोक राउत कुर्मी रहेका छन ।
दोश्रो उपाध्यक्षमा विनोद चौरसिया, सचिवमा संजय राउत कुर्मी, सह सचिवमा रविन्द्र श्रीवास्तव र कोषाध्यक्षमा मुन्ना साह रहेको प्रमुख निर्वाचन अधिकृत शंकर प्रसाद कुम्हालले बताए । त्यसैगरी सदस्यहरुमा शिव प्रसाद कोईरी, उमेश गिरी, रविन्द्र प्रसाद यादव, सुरजराज शर्मा र महिला सदस्य तारा देवी चौलागाई रहेका छन ।
११ सदस्य नयाँ पदाधिकारी चयन लगत्तै आजै बसेको पदाधिकारीको पहिलो बैठकले १० जना नयाँ सदस्य सर्वसहमतबाट चयन गरी २१ सदस्य विस्तार गरेको छ । जसको सदस्यहरुमा नरेश सर्राफ, जोखु राउत कुर्मी, सुरेश महतो नुनिया, विरेन्द्र कुमार गुप्ता र रमेश चौरसिया लगायतका रहेका छन ।
त्यसैगरी संस्थाको बरिष्ठ सल्लाहकारमा बाबुनन्द प्रसाद चौरसिया, सल्लाहकारहरु क्रमश मगदीश प्रसाद यादव, हरीशंकर सर्राफ, कपिलदेव प्रसाद कुर्मी, पारस प्रसाद चौरसिया रहेका छन ।
सर्वसहमतबाट चयन भएका पदाधिकारीहरुलाई प्रमुख निर्वाचन अधिकृत कुम्हालले सपथ ग्रहण गराई प्रमाण पत्र समेत उपलब्ध गराएका थिए । नव पदाधिकारीहरुले सपथ ग्रहण गर्दै बौद्धीमाई मन्दिरको पूर्वाधारलाई संरक्षण सम्बर्द्धन गर्दै संस्थाप्रति निष्ठावान रही संस्थाको हितमा काम गर्ने प्रतिबद्धता जनाएका थिए ।
सपथ ग्रहण कार्यक्रममा समाजका अगुवा नेता मोहमद सरिफ समानी, शेख मुसाफिर, ईलाका प्रहरी कार्यालय नगवाका प्रहरी सहायक निरिक्षक राकेश साह, रामजानकी मन्दीरका महन्त बद्री बाबा, तुलसी दास, भोला साह कानु लगायतका अगुवाहरुको उल्लखेनिय सहभागिता रहेको थियो ।