अवैध काठ बरामद

1

संतोष रन्जितकार
वीरगन्ज, २३ असार ।
ईलाका प्रहरी कार्यालय एकटांगा पर्साबाट खटिएको प्रहरी गस्ती टोलीले गए राती गस्ती गर्ने क्रममा पर्सागढी नगरपालिका वडा नं.९ तेलिया स्थित सालको काठ चोरी पठारी गरी ल्याई रहेको अवस्थामा प्रहरीले बरामद गरेको थियो ।
प्रहरी गस्ती टोलिलाई देख्ना साथ तस्करहरुले ४ फिट लम्बाई १ फिट गोलाई भएको सालको काठ ८ थान र साईकल १ थान छाडी भाग्न सफल भएका थिए भने बरामद गरिएको उक्त काठ र साईकल आवश्यक कारवाहीको लागि जिल्ला बन कार्यालय पर्सामा पठाइएको इलाका प्रहरी कार्यालय एकटा·ाले जनाएको छ ।