अवैध रुपमा बालुवा गिट्टी तस्करी गर्ने ९ जना पक्राउ

14

संतोष रन्जितकार
वीरगन्ज २३ असार ।
पर्सा प्रहरीले आइतबार विहान ३ बजेको समयमा पर्सागढी न.पा.वडा नं. १ कोईलाभार खोलामा अबैध रूपमा बालुवा गिट्टी लोड गरिरहेको अवस्थामा बालुवा ट्याक्टर तथा जेसिवी सहित ९ जनालाई पक्राउ गरेको छ । अवैध रुपमा बालुवा उत्खन्न भइरहेको सुचनाको अधारमा पुगेको अस्थाई प्रहरी पोष्ट मनवाको प्रहरी टोलीले १ वटा जेसिवी, ९ वटा ट्याक्टर सहित ९ जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरुमा ट्रैक्टरका चालकहरु रहेको प्रहरीले जनाइको छ । पक्राउ पर्नेहरुमा सखुवाप्रसौनी गा.पा.वडा नं.५ बस्ने रंजय पासवान, सुरेन्द्र राम, रोहित राम, राजेश प्र.कानु, हिरालाल राम, रोहित माझी, जितेन्द्र गिरी, सखुवा प्रसौनी वडा नं.१ बस्ने सुनिल ठाकुर र पर्सागढी न.पा.वडा नं.१ बस्ने शशिकान्त पासवान रहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरिक्षक अनन्तराम शर्माले बताउनु भयो । पक्राउ परहेकाहरुलाई आवश्यक कारवाहीका लागि डिभिजन वन कार्यालय पर्सामा पठाइएको छ ।