संतोष रन्जितकार
वीरगंज, २३ असार ।
पर्साको सखुवाप्रसौनी गाउँपालिका आयोजनामा श्री दिपनारायण उच्च माध्यमिक विधालयको कक्षा हलमा बालअधिकार सम्बन्धि दुई दिने तालिम सम्पन्न भएको छ ।
कार्यक्रमको प्रमुख अतिथि गाउँपालिका अध्यक्ष प्रदीप जैसवाल रहेका थिए भने बिशिष्ठ अतिथि उपाध्यक्ष फुलमती देवी चौधरी रहनु भएको थियो ।
बाल क्लबका पदाधिकारीहरूलाई बालाधिकार, बालविकास र महासन्धिका धाराहरु बारे जानकारी गराउनुको साथै बाल क्लबको काम, कर्तव्य र अधिकार बारे क्षमता अभिवृद्धि गर्नु यस तालिमको मुख्य उद्देश्य रहेको थियो । तालिममा ७० जना बालबालिकाहरु सहभागीहरु रहेको समाजिक विकास शाखा बिनोद यादव जानकारी गराउनु भएको छ ।
कार्यक्रममा गापा सदस्य धर्मा साह, समाजिक विकास शाखा प्रमुख बिनोद यादव, सखुवा प्रसौनी गाउँपालिका भित्र रहेका ६ वटा वडामा गठ्न भएको बाल क्लब, बाल संजालका बालबालिकाहरू लगायतको सहभागिता रहेको थियो ।