संतोष रन्जितकार
वीरगंज, २३ असार ।
बीरगंज महानगरपालिका प्रगतिनगर–३ मा रहेको आधारभूुत बिधालयमा सोमबार एक समारोह बीच शैक्षिक सामाग्री र पोशाक वितरण गरिएको छ । बिधालय ब्यवस्थापन समितिका अध्यक्ष मुरली जलानको सभापतित्व तथा बीरगन्ज उधोग बाणिज्य संघका अध्यक्ष गोपाल केडियाको प्रमुख आतिथ्यमा सम्पन्न सो समारोहमा अध्यक्ष केडियाले समाजिक काममा अग्रसर भएको खण्डमा आफुहरु पछि नहट्ने प्रतिबद्धता जनाउनु भएको थियो । समारोहमा वडा नम्बर ३ का वडा अध्यक्ष बैजु स्वर्णकार, बीरगन्ज महानगर शिक्षा महाशाखाका अरबिन्द लाल कर्ण पुर्व प्रअ शम्भु पासवान, संघीय शिक्षक फोरमका बृजमोहन तिवारी, शिक्षक महासंघका अध्यक्ष तिर्थराज यादव लगायतले आ–आफ्नो मन्तव्य व्यक्त गर्नुभएको थियो भने स्वागत मन्तव्य प्रअ उमेश ठाकुरले गर्नुभएको थियो ।