वीरगंज युवा समाजद्वारा प्रहरी निरिक्षक थापा सम्मानित

6

संतोष रन्जितकार
बीरगंज, २३ असार ।
बीरगंज युवा समाजले सोमबार वडा प्रहरी कार्यालय बिर्ताका प्रहरी निरिक्षक निशान थापालाई सम्मान एवम् बिदाई गरेको छ । बीरगंज युवा समाजका अध्यक्ष कमल चौगाइको सभापतित्वमा झएको सम्मान तथा बिदाई कार्यक्रममा समाजका सल्लाहकारद्वय मार्टिन मोत्तान, छेदुप लामा, सानो पाइलाका कार्यक्रम संयोजक अजितम पाण्डे, युवा समाजका पदाधिकारी लगायतको उपस्थिती रहेको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै प्रहरी निरिक्षक निशान थापाले आफु जहाँ गएपनि बीरगंज र बीरगंज बासीको माया सदा रहिरहने बताउनुभयो । उहाँले बीरगंज मानवताको शहर भएको हुँदा यहाँको बासिन्दासँगको सहकार्य कहिले पनि नबिर्सिने कुरामा जोड दिनुभयो ।
प्रहरी निरिक्षक थापालाई सम्मान गर्दै समाजका अध्यक्ष चौगाइले प्रहरी निरिक्षक भएर आएको छोटो समयमै बीरगंजमा राम्रो छाप बसालेको भन्दै उहाँको योगदानलाई समग्र बीरगंज तथा बीरगंज बासिले सदा स्मरण गरिरहने बताउनुभयो । कार्यक्रमको सहजिकरण समाजका सचिब हेमन्त तामांगले गर्नुभएको थियो ।