संतोष रन्जितकार
वीरगंज, २४ असार ।
पर्साको छिपहरमाई गाउँपालिकाले आगामी आर्थिक बर्षको नीति तथा कार्यक्रम सोमबार सार्बजानिक गरेको छ ।
गाउँपालिकाका प्रमुख प्रसाशकिय अधिकृत देवनाथ साहले आर्थिक बर्ष ०७६/०७७ को लागी गाउँपालिकाले ३१ करोड ५ लाख ५५ हजार बराबरको अनुमानित बजेट प्रस्तुत गर्नुभएको हो ।
नेपाल सरकारबाट सर्शत अनुदान अन्तर्गत रु ११ करोड, सुरक्षा अनुदान ४ करोड, स्वास्थ्य, शिक्षा, कृषि पर्यटन, महिला ,बालबालिका स्वर्ण बिमा लाई निरन्तरता दिएको छ । प्रदेश सरकार ५० लाख, प्रदेश सरकार बिषेश अनुदान २० लाख, समपुरक अनुदान ३० लाख, स्वास्थ्य, शिक्षा, पोषण, बाल संरक्षण तथा सरसफाइ विपद जोखिम न्यूनीकरण र बाल केन्द्रित योजना कार्यक्रमको लागि नेपाल सरकार र अन्य बाट आउने अनुमानित बजेट जम्मा ३१ करोड ५ लाख ५५ हजारको बजेट प्रस्तुत गरिएको थियो ।
आगामी आर्थिक बर्षको बजेटमा छिपहरमाई गाउँपालिकामा जन्मिएका बालिकाहरुलाई पौने दुई लाखको बालिका स्वर्ण बिमा गरिएको छ । प्रस्तुत गरिएको बजेटको बिषेश प्राथमिकता शिक्षा र स्वास्थ्यमा दिईएको गाउँपालिकाका अध्यक्ष मनोज कुमार गुप्ताले बताउनुभयो ।
गाउँपालिका अध्यक्ष मनोज कुमार गुप्ताको अध्यक्षतामा भएको गाउँ सभा कार्यक्रममा गाउँपालिका उपाध्यक्ष मोदिना खातुन, जिल्ला समन्वय समिति पर्साका सदस्य सुवास साह, वडा अध्यक्ष राजबली यादव, महेन्द्र साह कलवार, बिनोद साह , बालक गदी, मौजिलाल साह र कार्यपालिका सदस्य लगायतको उपस्थिती रहेको थियो ।