वृक्षारोपण कार्यक्रम सम्पन्न

12

संतोष रन्जितकार
बीरगंज, २४ असार ।
वीरगंज महानगरपालिका वडा न. १० अशोकवाटिकालाई हराभरा, स्वच्छ सुन्दर बनाऔँ भन्ने नारासहित मंगलवार बृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ ।
बीरगंज महानगरपालिकाको सहयोग, जिल्ला युवा समिति पर्साको व्यवस्थापन र चेतनशिल मानब बिकास तथा संस्कृतिक रक्षक समाजको आयोजनामा बृक्षारोपण गरिएको हो ।
जिल्ला युवा समिति पर्साका अध्यक्ष सन्तोष कुमार गुप्ताको सभापतित्वमा भएको बृक्षारोपण कार्यक्रममा बीरगंज महानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत उमेश बस्नेत, बीरगंज महानगरपालिका शिक्षा महाशाखाका प्रमुख अरविन्दलाल कर्ण, वडा न. १० का अध्यक्ष रामनगिना साह कानु, समाजसेवी हिरालाल साह कानु, भरत साह कानु, वडा सदस्य अरविन्द साह, सन्तोषी खतिवडा, महिला समाजकी रुपा श्रेष्ठ लगायतको उपस्थिती रहेको थियो ।
सो अवसरमा एरीका पाम, बोतल पाम, अशोक, कपुर, मोरपन्छी, नरीवल लगायतका प्रजातिका १५० बिरुवा रोपिएको आयोजकले जनाएको छ ।