सामुदायिक सेवा केन्द्रद्वारा प्रहरी निरिक्षक थापाको सम्मान तथा बिदाई

10

संतोष रन्जितकार
वीरगंज, २४ असार ।
सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी कुम्हालटोलद्वारा मंगलबार वडा प्रहरी कार्यालय बिर्ताका प्रहरी निरिक्षक निशान थापालाई सम्मान तथा बिदाई गरेको छ । सामुदायिक सेवा केन्द्रका अध्यक्ष रमेश कुमार चौधरी तथा पदाधिकारी समेतको सहभागितामा प्रहरी निरिक्षक थापालाई दोसल्ला ओेढाई सम्मान गर्नुको साथै मायाको चिनो समेत प्रदान गरिएको थियो ।

पदाधिकारीहरुले प्रहरी निरिक्षक थापा एउटा इमान्दार प्रहरीको रुपमा रहेर आफ्नो काम कर्तव्यको पालना गर्नु भएको तथा वहाँ जहाँ गए पनि वहाँको सफल कार्यकालको शुभकामना समेत दिएका थिए ।
कार्यक्रमलाई सम्बोधन गर्दैै प्रहरी निरिक्षक थापाले आफु जहाँ गए पनि वीरगंज बासीको माया सदा रहीरहने बताउनु भयो । वहाँले वीरगंज मानवताको शहर भएको हुंदा यहांको बासिन्दाहरु संगको सहकार्य कहिले पनि नबिर्सिने बताउनु भयो ।
सम्मान कार्यक्रममा सामुदायिक सेवा केन्द्र कुम्हालटोलका उपाध्यक्षद्वय संजु दाहाल, सन्ध्या भट्ट, सचिव श्रवण राय माझी, रामबाबु राय माझी, सम्झना मल्ल, रितु घिमिरे, ज्ञानमाया रायमाझी, मुन्ना सर्राफ, भावना घिमिरे, प्रहरी हवल्दार महसुद आलम, सुनिता विक लगायत स्थानीय भद्रभलादमीहरुको सहभागिता रहेको थियो ।