अवैध लागुऔषध चरेस सहित एक भारतीय पक्राउ

37

संतोष रन्जितकार
वीरगंज, २५ असार ।
सशस्त्र प्रहरीले नेपालबाट भारततर्फ लैजादै गरेको अवस्थामा अबैध लागुऔषध चरेससहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ ।
सशस्त्र प्रहरीले भारत बेतिया थाना मझौलिया ६ बस्ने ४४ वर्षीय मोहम्मद हसमुल्ला अन्सारीलाइ चरेश सहित पक्राउ गरेको हो ।
सशस्त्र प्रहरी बल १४ नम्बर गुल्मले बिरगञ्ज महानगरपालिका वडा नम्बर १६ शँकराचार्य गेटबाट चेकजाँच गर्ने क्रममा अन्सारीलाई चरेशसहित पक्राउ गरेको हो ।
पक्राउ परेका अंसारीको साथबाट लागुऔषध चरेश चार किलो बरामद गरिएको सशस्त्र प्रहरीले जनाएको छ । चरेशसहित पक्राउ परेका अन्सारीलाई आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय पर्सामा बुझाइएको सशस्त्र प्रहरी नायब उपरिक्षक तिलक खडकाले जानकारी दिए ।