प्रधानमन्क्री रोजगार कार्यत्रम अन्तरगत वृक्षारोपण अभियान शुरु

25

बारा, २५ असार ।
प्रधानमन्क्री रोजगार कार्यत्रम अन्तर्गत बाराको प्रसौनी गाउँपालिकाले बृक्षारोपण अभियान सुरु गरिएको छ ।
प्रधानमन्क्री रोजगार कार्यत्रम, रोजगार सेवा केन्द्र प्रसौनी गाउँपालिकाको अयोजनामा बुधवार विहान गाउँपालिकाको वडा नम्बर तिन स्थित सडक किनारमा बृक्षारोपण गरेर कार्यक्रम थालनी गरिएको गाउँपालिका अध्यक्ष भोला प्रसाद गुप्ताले बताए । ईलाका प्रहरी कार्यालय प्रसौनी र स्थानियहरुको सहयोगमा बृक्षारोपण कार्यक्रम सम्पन्न भएको वडा नम्बर तिनका वाड अध्यक्ष बैजु गुप्ताले बताए । कार्यक्रम अन्तर्गत गाउँपालिका भित्रका मनोरञ्जन पार्क, सडक पेटी, बिद्यालय भवन, र सार्वजनिक कार्यालयमा बृक्षारोपण गरिनेछ । रोजगारी पाएकाहरुले एक महिनासम्म रोपिएका बिरुवाको संरक्षण समेत गर्नेछन् । बृक्षरोपण पछी पानी पटाउने, छेकबार गर्ने र हुर्काउने उनिहरुको जिम्मेवारी रहेको वडा अध्यक्ष गुप्ताले बताए ।