अज्ञात समूहद्वारा मध्यरातमा पसलमा चोरीको प्रयास

3

संतोष रन्जितकार
वीरगंज, २६ असार ।
वीरगंज महानगरपालिका वडा नं. ९ पानमण्डीमा बुधबार राती १२ः३० बजेको समयमा अज्ञात व्यक्तिको समूहले पसल चोरीको प्रयास गरेका छन् ।
बुधबार राती पानी परिरहेको मौका छोपी मोबाइल पसलमा चोरी गर्न प्रयास गरीरहेको तथा पसलको सटर काट्न लागेको अवस्थामा घण्टाघर प्रहरी बिटका प्रहरी देख्नासाथ उनीहरु भागेका थिए । उनीहरुले पानमण्डीमा रहेको बिष्णु कलवारको तिवारी कम्प्युटर र डिजिटल वर्ल्ड नामक पसलमा चोरी गर्न लागिरहेको अवस्थामा घण्टाघर प्रहरी बिटका प्रहरी हवल्दार राजदेव प्रसाद यादव पुग्नासाथ उनीहरु चोरी गर्न ल्याएका औजारहरु छोडेर भागेका थिए । प्रहरी हवल्दार यादवले चोरको समूहलाई लखेट्दा पनि उनीहरु पक्राउ पर्न सकेनन् । निज चोरहरुले चोरी गर्न प्रयोग गरेको सामानहरु ग्याँस कट्टर, अक्सिजन सिलिन्डर, रड, चक्कु आदि औजारहरु आफ्नो नियन्त्रणमा लिएको हवल्दार यादवले अंकुश दैनिकलाई जानकारी गराउनु भयो ।