दलितहरुलाई नौमति बाजा सहित अन्य सामग्री सहयोग

82

संतोष रन्जितकार
वीरगञ्ज, २६ असार ।
पर्साको ठोरी गाउँपालिकाले दलित समुदायका व्यक्तिलाई नौमती बाजा र पेशागत सामाग्री प्रदान गरेको छ ।
गाउँपालिकाले ल्याएको ॅदलित पेशा सुधार’ नामक कार्यक्रम अन्तर्गत गाउँपालिकाको आर्थिक सहयोग तथा दलित विकास केन्द्र ठोरीको आयोजनामा उनीहरुलाई नौमति बाजासहित अन्य पेशा सुधार सामाग्रीहरु उपलब्ध गराइएको हो ।
गाउँपालिकमा भिक्र बसोबास गर्ने दलित समुदायका व्यत्तिहरुलाई एक थान नौमति बाजा, आरन चलाउने परिवारका प्रतिनिधिहरुलाई २५ वटा ग्यालेण्डर मेसिन, घरेलु हतियारमा धार लगाउने विद्यतीय मेशिन तथा सिलाई कटाईको काम गर्ने ५० जनालाई कैंची बितरण गरिएको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष पदमलाल श्रेष्ठले दलित समुदायले परम्परागत रुपमा गरिरहेको पेशालाई आधुनिक तवरबाट अगाडि बढाउन एवं साँस्कृतिक विकास गर्ने उद्देश्यले उक्त सामग्रीहरु वितरण गरिएको बताए ।
उनले गाउँपालिकामा दलित समुदायको बाहुल्यता रहेको बताउँदै साँस्कृतिक पहिचानलाई गाउँपालिकाकै गहनाको रुपमा चिनाउन गाँउपालिका लागि परेको बताए ।

https://ankushdaily.com/