नहरमा डुबेर बालकको मृत्यु

7

संतोष रन्जितकार
वीरगञ्ज, २६ असार ।
नहरमा डुबेर ६ वर्षका बालकको ज्यान गएको छ । वीरगञ्ज महानगरपालिका–२२ जगरनाथपुर बस्ने दिपेन्द्र साह तुराहाका ६ वर्षे छोरा रोशन साह तुराहाको नहरमा डुबेर ज्यान गएको हो ।
जगरनाथपुरमै रहेको नहरमा शौच गर्न जाने क्रममा बालक तुरहा चिप्लिएर नहरमा डुबेका हुन् । उनलाई उद्धार गरेर उपचारका लागि गण्डक अस्पताल लैजाने क्रममा बाटोमै ज्यान गएको थियो ।
बालकको शवको नारायणी अस्पतालमा पोष्टमार्टम गरी परिवारको जिम्मा लगाइएको प्रहरीले जनाएको छ ।