अविरल वर्षाका कारण मानिसहरुको कामकाज प्रभावित

19

संतोष रन्जितकार
वीरगंज, २७ असार ।
अविरल वर्षाका कारण पर्साका विभिन्न ठाँउ डुबानमा परेका छन् । पर्साको वीरगञ्ज महानगरपालिकाका आदर्शनगर, ओमआश्रम, श्रीपुर, नगवा, रानीघाट मुसौली र लक्ष्मनवा लगायत विभिन्न क्षेत्रहरु डुबानमा परेका हुन् ।
बाढीका कारण बस्तीहरू डुबानमा परेका छन । डुबानका कारण मानिसहरुलाई कामकाज गर्न समस्या भएको छ ।
उद्धारका लागि तयारी अवस्थामा रहे पनि अहिलेसम्म कुनै सूचना नआएको प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराईले जानकारी दिए । उनले उद्धार टोली र पाँचवटा डुंगा तयारी अवस्थामा रहेको बताए ।