आकस्मिक रक्तदान कार्यत्रमको आयोजना

50

संतोष रन्जितकार
वीरगंज, २७ असार ।
रक्तसञ्चार केन्द्रमा केही समूहको रगतको अभाव भएकोले शुक्रबार घरेलु तथा साना उद्योग कार्यालय फर्साद्वारा आकस्मिक रक्तदान कार्यत्रमको आयोजना गरेको छ । रक्तदान गर्नेमा कार्यालय प्रमुख रिमा साह, सुरज राम, रमा कार्की, अशोक पाण्डे, सुदर्शन आचार्य, बाबुलाल केशरी गरि ६ जनाले रक्तदान गरेका थिए ।
अहिले तत्काल रगतको अभाव भएकोले हामी कर्मचारीहरुले थोरै माक्रमा रत्तदान गरेका छौँ तर आऊने दिनमा बृहत् रक्तदान कार्यत्रम गराउने कुरा कार्यालय प्रमुख रिमा साहले जानकारी गराए, आकस्मिक रक्तदानको सहजीकरण स्वयंसेवक राजन श्रीवास्तवले गरेका थिए ।

https://ankushdaily.com/