संतोष रन्जितकार
वीरगंज, २७ असार ।
वीरगंजमा ट्राफिकको चाप निरन्तर रूपमा बढीरहेको हुनाले अति व्यस्त क्षेत्रहरुमा सवारी दुर्घट्नालाई न्यून गर्नका लागि ग्रीन सिटीले वाहन गति नियन्त्रक सामाग्री (स्फीड ब्रेकर) जडानको कार्यक्रम ल्याएको छ । यस अन्तर्गत शुत्रबार विहान वर्षायामको बावजूद आफ्नो पूर्व निर्धार्रित कार्यक्रम अनुसार नै पहिलो चरण अन्तर्गत होटल कैलास र ग्रीन सिटी कार्यालय अगाडि त्यसैगरी लोहारपट्टी चौक आदर्श नगरमा र पशुपति घोष चौकमा स्पीड ब्रेकर जडान गरिएको छ । लगभग २ लाखको लागत रहेकों पहिलो चरणको सामग्री कोषाध्यक्ष ज्योति रुंगटाको आर्थिक सहयोगमा उपलब्ध भएको ग्रीन सिटीका अध्यक्ष जयप्रकाश खेतानले जानकारी दिनुभयो ।
स्पीड ब्रेकर जडान भएपछि अब आउने दिनमा तीव्र गतिको कारणले हुने दुर्घटनामा कमी आउने र समुदाय प्रहरी साझेदारीलाई निरन्तरता दिने कार्यमा आफू तैयार रहेको र सहयोग गर्ने प्रतिवद्धता वडा प्रहरी कार्यालय बिर्तामा हालै प्रहरी प्रमुखको रुपमा आउनु भएको प्रहरी निरीक्षक निर्मल पनेरुले बताउनु भयो । स्पीड ब्रेकर जडानको संग सँगै वर्षायामलाई मध्यनजर राख्दै ग्रीन सिटी कार्यालय अगाडि मुख्य सडकको नाला पनि ग्रीन सिटी सदस्यहरुले आफ्नो उपस्थितिमा सफा गराउनु भएको थियो ।