नेकपा बाराका पदाधिकारीहरुलाई पद तथा गोपनियताको सपथ

5

बारा, २७ असार ।
नेपाल कम्युनिष्ट पार्टी नेकपा बाराका पदाधिकारीहरुले शुक्रबार पद तथा गोपनियताको सपथ लिएका छन् । जीतपुरसिमरा उप–महानगरपालिका वडा नम्बर ४ औराहमा आयोजित एक कार्यक्रमकाबिच नेकपा बाराका पदाधिकारीहरुले पद तथा गोपनियताको सपथ लिएका हुन् ।
कार्यक्रमकाबिच अध्यक्ष र सचिवसहित सदस्यहरुलाई नेकपा प्रदेश नम्बर २ का अध्यक्ष प्रभु साहले पद तथा गोपनियताको सपथ गराउनु भएको थियो । सोही अवसरमा नेकपा प्रदेश नम्बर २ का अध्यक्ष प्रभु साहले सांगठनिक रुपमा पार्टीलाई बलियो बनाउनुपर्ने बताउनुभयो ।
अन्य प्रदेशमा नेकपाले बहुमत ल्याएपनि प्रदेश नम्बर २ मा ल्याउन नसकेको भन्दै उहाले प्रदेश नम्बर २ मा पार्टीको बिषयमा बिभिन्न भ्रम फैलाईएको बताउनुभयो । ॅहाम्रो पार्टीको बिषयमा प्रदेश नम्बर २ मा नराम्रो प्रचार गरिएको छ, भ्रम फैलाउने काम भएको छ, यसलाई सबैले चिर्न आवश्यक छ’ उहाले भन्नुभयो ।
कार्यक्रममा केन्द्रिय सदस्य ज्वाला साह, केन्द्रिय सदस्य दिनेश राई, पुर्व मन्त्रीसमेत रहनुभएका खेलकुद महासंघका अध्यक्ष पुरुषोत्तम पौडेल, पर्सा जिल्ला अध्यक्ष प्रभु हजरा लगायतले शुभकामना मन्तब्य व्यक्त गर्नुभएको थियो । सपथ ग्रहण कार्यक्रमपछि जिल्ला कमिटि सदस्यहरुलाई नेकपा प्रदेश नम्बर २ का प्रदेश कमिटि सदस्य राजन पौडेलले खादा औढाएर सम्मान गर्नुभएको थियो ।
कार्यक्रममा प्रदेश कमिटि सदस्यहरु राजन पौडेल, सीता गुरुङ, गीता कँडेल, जितेन्द्र तिवारी लगायतको उपस्थिति रहेको थियो । नेकपा बाराका अध्यक्ष क्षेत्र बहादुर श्रेष्ठ अनिलको अध्यक्षतामा सम्पन्न सपथ ग्रहण कार्यक्रमको सञ्चालन सचिव सुन्दर बिश्वकर्माले गर्नुभएको थियो ।