बाढीबाट जनताहरुलाई बचाउन र गाउँ–गाउँमा उद्धार टोली खटाउन प्रजिअलाई सांसद यादवको निर्देशन

2

संतोष रन्जितकार
वीरगन्ज, २७ असार ।
समाजवादी पार्टी नेपालका युवा नेता एवम् संघीय सांसद प्रदिप यादवले लगातार भइरहेको वर्षाका कारण हुन सक्ने क्षतिलाई कम गर्न गाउँ–गाउँमा उद्धार टोली खटाउन पर्साका प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिएका छन् ।
लगातारको वर्षाले पर्साको सिर्सीया, तिलावे, सिक्टा, भेडाहा लगाएतका नदीहरुको जलस्तर बढ्दै गएकोले बाढीबाट हुन सक्ने क्षतीलाई कम गर्न यथाशीघ्र उद्धार टोली खटाउन सांसद यादवले पर्साका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भटराईलाई निर्देशन दिएको बताए ।
पूर्वसावधानी नअपनाउँदा हरेक वर्ष वर्षायाममा बाढीबाट तराईका जिल्लाहरुमा हुने ठूलो जनधनको क्षतिबाट जोगाउन समयमै उद्धार टोली खटाएर अलर्ट अवस्थामा राख्न प्रजिअलाई निर्देशन दिएको सांसद यादवले बताए ।
३ दिन देखि परिरहेको लगातार बर्षाका कारण मधेसका अधिकांश जिल्लाहरु डुबानको खतरामा रहेका र जनजीवन प्रभावित बन्दै गएपछि समाजवादी पार्टीका पर्सा जिल्ला अध्यक्ष एवम संघीय सभाका सांसद प्रदिप यादवले शुक्रबार एक प्रेस विज्ञप्ती निकाली पार्टीका युवा साथीहरु, कार्यकर्ताहरु र पर्सामा रहेका समाजसेवि र समाजिक संघ संस्थाहरुलाई राहत र उद्दारको लागि तयारी अवस्थामा बस्न निर्देशन दिएका छन ।
मधेसका अधिकांश जिल्लाहरु डुबानको खतरामा रहेका छन र सबै नदीहरुले आफ्नो रेखा नाघी सकेका छन । त्यसैगरि लालबकैया नदीको पानीले पुर्व पश्चिम राजमार्ग अवरोध भएको र यता पर्साको सिरिसिया, तिलावे ,सिकटा , भेडाहा नदी लगायत सबैको निरन्तर बढदै गएको जलस्तरले पर्सा जिल्ला लगायत मधेसमा त्रास सिर्जना गरेको छ ।
यस विकटको घडिमा सम्पुर्ण जनसमुदायलाई सतर्क रहन र एक अर्काको लागी सहयोगी हाथ बनि दिनुहुन आग्रह गरेका थिए ।
साथै दल र पुर्वाग्रह भन्दा माथी उठी केन्द्र सरकार, प्रदेश सरकार र स्थानीय सरकार लगायत सम्पुर्ण सुरक्षा निकायलाई यस घडीमा जन धनको क्षति जोगाउन आवश्यक कदम चाल्न र सम्बन्धित निकायलाई निर्देशित गरी परिचालन गर्न प्रेस विज्ञप्ती मार्फत आग्रह समेत गरेका छन ।