माईस्थान बिद्यापिठ स्कुलमा स्कुले विद्यार्थीहरुद्वारा तोडफोड

21

संतोष रन्जितकार
वीरगन्ज,२७ असार ।
माईस्थान विद्यापिठ स्कुलमा शुक्रबार बिधार्थीहरुले तोडफोड गरेका छन् । विद्यापिठ स्कुलमा अंग्रेजी माध्यममा पठनपाठन गर्ने बिद्यार्थीहरुले स्कुल प्रशासन तथा प्रधानाध्यापकको कक्षमा तोडफोड गरेका हुन् । बिद्यायलयमा प्रथम टेष्ट परिक्षा चलिरहेको छ । परिक्षा दिनका लागि कक्षा ९ र १० को बिधार्थीहरु स्कुल पुगेकोमा विधार्थीहरु तथा शिक्षकहरु बिच प्रवेश पत्र चेकजाँचको विषयमा बिवाद शुरु हुंदा विद्यार्थीहरुले तोडफोड गरेका थिए । बिधार्थीहरुले पढाई नभएको बिषय वस्तु पनि प्रश्न पत्रमा राखेको तथा स्कुल प्रशासनले प्रवेश पत्र चेकजाँचको बहानामा बिधार्थीहरुलाई दुःख दिएको आरोप लगाउँदै तोडफोडमा उत्रिएको थियो ।
स्कुल प्रशासनले केहि उदण्ड प्रवृतिका बिधार्थीहरु नियत बस तोडफोड गरेको आरोप लागएको छ । बिद्यालयका प्रअ मुर्तुजा अंसारीले अनुसानहीन बिद्यार्थीहरुलाई कारवाही गर्ने चेतावनी दिनुभएको छ । बिद्यार्थीहरुले स्कुलको फर्निचर,कुर्सी, टेबल, प्रअको कोठाको चेयर, सिसिटिभी, एलइडी तोडफोड गर्नुका साथै उत्तर पुस्तिका समेत च्यातेका थिए । तोडफोडमा उत्रेका विद्यार्थीहरुलाई प्रहरीले नियन्त्रणमा लिन खोज्दा उनीहरु भागेका थिए । बिद्यालयको सुरक्षा व्यवस्था कडा गरिएको छ तथा अर्को सिफ्टमा आयोजना हुने परिक्षालाई मर्यादित बनाउँने तथा पटक–पटक बिद्यालयलाई बिवादमा तान्न खोज्ने बिद्यार्थीहरुलाई के गर्ने भन्ने बिषयमा बिद्यालय प्रशासन तथा व्यवस्थापन पनि छलफल भईरहेको बताइएको छ । यस अघि पनि ई·लिस मिडियमका बिधार्थीहरुले बिद्यालयमा बिभिन्न बहाना तोडफोड गर्नुका साथै आन्दोलन लगायतका गतिबिधीहरु गर्दै आएको बिद्यालय प्रशासनको भनाई रहेको छ ।