समुदाय प्रहरी साझेदारी अन्तर्गत कंचनजंगा स्कुलमा आत्मरक्षाको प्रशिक्षण

64

संतोष रन्जितकार
वीरगंज, २७ असार ।
सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी कुम्हालटोल र भियसओआइसीयस रिटर्न्स भोलिन्टियर्सका अन्नु पोख्रेलको आयोजनामा सामुदायिक साझेदारी अन्तर्गत बिरगंज महानगरपालिक वडा नम्बर ७ स्थित कंचनजंगा इ·लिस बोर्डि· स्कुलमा आत्मरक्षाको प्रशिक्षण दिइएको छ ।

सामुदायिक सेवा केन्द्रका उपाध्यक्ष सन्ध्या भट्टको सभापतित्वमा सेल्फडिफmेन्स (आत्मरक्षा) को कार्यक्रम सन्चालन गरिएको थियो । सो कार्यत्रममा दिपेश मानन्धरले प्रशिक्षण दिएका थिए भने कार्यक्रमका प्रमुख अतिथी वडा प्रहरी कार्यालय बिर्ताका प्रहरी निरीक्षक निर्मल पनेरुद्वारा कार्यक्रमको उद्घाटन गरिएको थियो । कार्यक्रममा ८० जना भन्दा बढी बिद्यार्थीहरुको सहभागीता रहेको थियो । कार्यक्रममा शुशिल वर्णवाल, रामबाबु राय माझी, मनोज मिश्रा, रामलक्ष्मण रौनियार लगायत भद्रभलाद्मी संघ संस्था बुद्धिजिबी ब्यक्ति सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी का पदाधिकारीको साथै स्कुलका निर्देशक मार्टीन मोक्तान, प्रहरी हवल्दार महसुद आलम, प्रहरी जवान सुनिता विक समेत सहभागिता रहेको थियो ।

https://ankushdaily.com/