एकद्वार प्रणालिद्वारा राहत बितरण गर्ने निर्णय

8

संतोष रन्जितकार
वीरगन्ज,२८ असार ।
बाढी पिडितहरुको राहत एकद्वार प्रणालिद्धारा प्रदान गर्ने निर्णय गरिएको छ । वीरगन्ज महानगरपालिकाको अगुवाइमा आज वीरगन्जको उधोग वाणिज्य संघमा बसेको सरोकारवालाहरुको बैठकले बाढी पिडितहरुलाई एकरुपता कायम गर्दै राहत बितरणमा एकद्वार प्रणाली लागु गर्ने निर्णय गरेको हो ।
वीरगन्ज महानगरपालिकाका नगरप्रमुख बिजय कुमार सरावगीको अध्यक्षतामा बसेको बैठकले महानगरपालिका भित्र भएका डुबानबाट प्रभावितलाई चाँडो राहत पुर्‍याउन निर्णय समेत गरेको छ ।

बैठकले नगरप्रमुखको निर्देशनमा जिल्ला दैविप्रकोप उद्धार समिति मार्फत राहत वितरण गर्ने सहमती भएको छ । डुबान प्रभावित वडाका अध्यक्ष तथा जनप्रतिनिधी र प्रहरीले उपलब्ध गराएको तथ्यांकको आधारमा दैविप्रकोप उद्धार समितिमार्फत राहत वितरण गर्ने सहमति भएको नगरप्रमुख सरावगीले जानकारी दिनुभयो ।
चार दिनदेखि परेको अविरल वर्षको कारण भएको महानगरपालिका भित्रको डुवान क्षेत्रका प्रभावितहरुलाई शनिबार देखि नै राहत वितरण सुरु गरिएको नगरप्रमुख सरावगीले बताउनुभयो । राहत वितणका पहिलो दिन महानगरपालिकाको विभिन्न दश स्थानमा चाउचाउ, चिउरा, मिठ्ठा बिस्कुट, खानेपानी र आवश्यक औषधी समेत वितरण गरिएको महानगरपालिकाले जनाएको छ ।
डुवानबाट जनधनको क्षती हुन नदिन महानगरपालिकाको उद्धार सयन्त्रलाई चुस्तदुरुस्त अवस्था चौविसै घण्टा तयार राखिएको समेत नगरप्रमुख सरावगीले जानकारी दिनुभयो ।
बैठकमा जिल्ला देविप्रकोप उद्धार समिति पर्साको अध्यक्ष एवम् प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराई, वीरगन्ज उद्योग बाणिज्य संघका अध्यक्ष गोपाल केडिया, नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा नेपाली सेनाको अधिकारीहरु, समाजसेवी, भद्र–भलादमीहरुको उपस्थिती रहेको थियो ।