अलौलाई पूर्ण खोप युक्त वडा घोषणा

18

बीरगंज, २९ आषाढ ।
बीरगंज महानगरपालिका वडा नं. १७ अलौलाई आइतबार पूर्ण खोफ युक्त वडा घोषणा गरिएको छ ।
अलौमा रहेको द्वारदेवी धर्मशालामा एक कार्यत्रमको आयोजना गरी पूर्ण खोफयुक्त वडा घोषणा गरिएको हो । कार्यत्रमको प्रमुख अतिथि समेत रहेका बीरगंज महानगरपालिका सामाजिक बिकास तथा स्वास्थ महाशाखाका अमलेश्वर मिश्र र राजकिशोर पंडितले सो घोषणा गर्नु भएको थियो ।
सो घोषणा कार्यक्रम बीरगंज महानगरपालिका वडा नं. १७ का वडा अध्यक्ष सुखरानी देवीको सभापतित्वमा तथा अलौ स्वास्थ चैकीको सक्रियतामा सम्पन्न भएको थियो । कार्यक्रममा अलौ स्वास्थ चौकीका प्रमुख अजय कुमार दास थारु, आरती कुमारी यादव, मेनुका चौधरी, सुनिता कुमारी महतो, वार्ड प्रतिनिति जाकिर हुसैन, भागमति देवी, स्वास्थ्य ब्यवस्थापन समितिका अमर यादव, राजु माली, शिवमोहन श्रीवास्तव, बिधादेवी माली, पवन प्रधान, समाज सेवी बिरेन्द्र यादव, धर्मदेव यादव लगायतको उपस्थिति थियो ।