आदर्शनगरका व्यापारीहरु दुखी

4

वीरगंज, २९ असार ।
वीरगंज आदर्शनगरका व्यापारीहरु अविरल वर्षाको कारणले गर्दा पीडित भएका छन् । महानगरपालिकाले पानीको उचित निकास तर्फ ध्यान नदिएको कारणले गर्दा लाखौंको मालसामान क्षति भएको छ । एडिबीको सहयोगमा संचालित विकास निर्माणको कार्यमा त्रुटिपूर्ण नाप नक्सा भएको कारणले गर्दा आदर्शनगरमा बढी क्षति भएको व्यापारीहरुको गुनासो रहेको छ । आदर्शनगरका व्यापारीहरु समस्या समाधानको लागि वीरगंज उद्योग वाणिज्य संघलाई गुहार लगाएका छन् ।