बाढीपिडितलाई राहत सामाग्री बितरण

13

संतोष रन्जितकार
वीरगंज, २९ असार ।
पाचौं दिन देखी आएको अबिरल बर्षाको कारण बिरगंज महानगरपालिका वडा नं. २ को श्रीराम कोलोनी पछाडि रहेको मेस्तर बस्ती डुबानमा परेकोले त्यहा रहेका २२ घरधुरीलाई आइतबार राहत सामाग्री बितरण गरिएको छ ।
प्रहरी बिट छपकैया –२ मा वडा नं. २ का अध्यक्ष शेख अब्बासको अध्यक्षतामा पीडितहरुलाई राहत सामाग्री बितरण गरिएको हो । राहात सामाग्रीहरुमा त्रिपाल २० थान, चिउरा, दालभुट, बिस्कुट, चाउचाउ र पानी बितरण गरिएको प्रहरी बिट छपकैया –२ का प्रहरी सहायक निरीक्षक कुलदिप कर्णले जानकारी दिनु भएको थियो । राहत सामाग्री पाउनु हुनेहरुमा सन्जय मेस्तर, बिनय मेस्तर, बिनोद मेस्तर, रिना देबि मेस्तर, मन्जु मेस्तर , जलेसा खातुन, राजोमती देबि, छोटु मेस्तर, महाबिर मेस्तर लगायतका रहेको थिए । राहात सामाग्री बितरण कार्यक्रममा छपकैयाका वडा महिला सदस्य प्रेम कुमारी सिंह, सामुदायिक सेवा केन्द्र छपकैयाका अध्यक्ष ग्यासुदिन ठकुराई, सचिव प्रबीण बिक्रम शाह, सदस्य अजित भुजेल, प्रहरी बिट छपकैया २ का प्रहरी हवल्दार देबेन्द पटेल, प्रहरी जवान देबिलाल साह, सम्भु साह, प्रमोद राम र स्थानीय बासीहरुको उल्लेखनीय सहभागीता रहेको थियो ।