सांसद यादवद्वारा बाढी प्रभावित क्षेत्रको अवलोकन

4

संतोष रन्जितकार
वीरगन्ज, २९ असार ।
समाजवादी पार्टी नेपालका युवा नेता एवम संघिय सांसद प्रदिप यादवले बाढी प्रभावित क्षेत्रको स्थलगत अवलोकन गर्नुको साथै बाढी पिडितहरुको राहत तथा सहयोगमा तिब्रता दिन सम्बन्धित निकायलाई विशेष निर्देशन दिनु भएको छ ।
स्थानीय प्रशासनको तिब्र खोजी पछि शनिबार श्रीसिया नदिको तिब्र बहावमा हराएका वीरगन्ज १८ का अनुज पटेलको शव भेटिएको छ ।
श्रीसिया नदिको तिब्र बहावको कारण प्रभावित भएको वीरगन्जको रामगढवाको स्थलगत अवलोकन गर्दै शनिबार पानीको तिब्र बहावमा हराएका वीरगन्ज १८ का अनुज पटेलको खोजीमा तिब्रता दिन सुरक्षा निकायका पदाधिकारीहरुलाई निर्देशन समेत सांसद यादवले दिनु भएको थियो ।
रामगढवाका वजरंग सिनेमा हल नजिकै रहेको बाटोको कलभर्टलाई खुलाइ जलमगन भएको त्यसक्षेत्रबाट पानीको निकासबाट मात्रै पटेलको खोजी हुने सम्भावना भएअनुसार उहाले पर्साका प्रमुख जिल्ला अधिकारी र महानगरपालिकाका नगरप्रमुख बिजय कुमार सरावगीसंग टेलीफोन सम्बाद गर्दै अबिलम्ब जेसिवि लगाइ पुरिएको कलभर्ट खुलाएपछि पानीको बहाव कम भएर बालकको शव भेटिएको थियो ।

त्यसैगरी सांसद यादवले आफनो निर्वाचन क्षेत्रको रामगढवा, लालपर्सा, बेलवा, प्रसोतीपुर प्रसौनी, भेडिहारी कटगेनवा लगाएतका ठाउहरुमा बाढीले पुर्‍याएको क्षतीबारे स्थलग्त अवलोकन गर्नु भएको हो ।
लगातारको वर्षाले वीरगञ्ज महानगरपालीका वडा नम्बर ३० लालपर्सामा हजारौ बिगाहामा लगाइएको धान बाली नष्ट हुनुको साथै
लालपर्सालाई जोडने सडकहरु समेत क्षतीग्रस्त भएको, घर घरमा पानी पसेर डेहरीमा रहेका धान गह“ु लगायतका धनमालहरुको क्षती भएको स्थानीयहरुले सांसद यादवलाई जानकारी गराए ।
पानीको निकाश नहुदा हजारौ विगाहा खेतमा लगाइएको धानबालीहरु नष्ट हुने अवस्थामा रहेकाले पानीको निकास गर्न सके केही हद सम्म किशानलाई राहत हुने स्थानीयहरुले सांसद यादवको ध्यानाकर्षण गराएका थिए ।
बाढीबाट आएको पानीका कारण अहिले पनि जनजिवन कष्टकरमय रहेको छ । स्थानीयहरुको समस्या सुन्दै सांसद यादवले प्राकृतीक विपदाबाट पीडीत भएकाहरुका लागी आफुले सक्दो सहयोग गर्ने बताउनु भयो ।
आफनो जनता प्राकृतीक विपदामा हुदा समेत संघिय सरकारले राहतको नाममा अहिले सम्म केही नपठाएको बताउदै सांसद यादवले बाढी पीडीतहरुका लागी संघिय सरकारले विशेष प्याकेजको व्यवस्था गर्न मांग समेत गर्ने बताउनु भयो ।