जिराभवानी गाउँपालिकाको तेस्रो गाउँसभा सम्पन्न

7

संतोष रन्जितकार
वीरगंज, ३० असार ।
जिराभावानी गाउपालिकाको तेस्रो गाउँसभा सोमबार सम्पन्न भएको छ । गाउपालिका प्रमुख रामपृत थारूको अध्यक्ष्तामा सुरु भएको कार्यक्रम आ. ब २०७६/०७७ को लागि २८ करोड ९८ लाख ८४ हजार बजेट जिराभवानी गाउपालिकाको उप– प्रमुख उषा चौधरीले बिनियोजन गर्नु भएको थियो ।
कार्यक्रममा सबै वडाका वडा अध्य्क्षहरु, प्रमुख रामपृत थारु, उप प्रमुख उषा चौधरी, कार्यकारी अधिकृत अमीत गिरि लगायतले आ–आफ्नो मन्तबय व्यक्त गरेका थिए । पुंजीगत खर्च १२ करोड २० लाख रहेको छ भने चालु खर्च ४ करोड २३ लाख रहेको छ । जसमा कृषि बिकाश तथा पशु सेवामा मात्र ७५ लाख, शिक्षा क्षेत्र बिकास ५० लाख, वडा स्तरीय योजनाहरुमा ४ करोड, खेलकुद विकासमा ५ लाख, न्यायीक समितिको भवन निर्मणमा १५ लाख, गाउपालिकाको योजनाहरुमा ३ करोड ५० लाख छुट्याइएको छ । नेपाल सरकारबाट प्राप्त अनुदान, प्रदेश सरकारको अनुदान र आन्तरिक आय जम्मा गरि बजेट बिनियोजन गरेको जिराभवानीको कार्यकारी अधिकृत अमीत गिरिले जानकारी गराउनु भएको थियो ।