पर्सागढी नगरपालिकाको बजेट सार्वजनिक

65

संतोष रन्जितकार
वीरगंज, ३० असार ।
पर्साको पर्सागढी नगरपालिकाले सोमबार २०७६/०७७ को नगरसभा सम्पन्न गरेको छ । पर्सागढी नगरपालिकाले आर्थिक बर्ष २०७६/०७७ को लागि कुल ६० करोड ५४ लाख २८ हजार रुपैया बराबरको बजेट सोमबार सार्बजनिक गरेको हो ।
पर्सागढी नगरपालिका वडा नं. ८ हरपुरको सभाहलमा सम्पन्न भएको नगरसभामा नगरपालिकाकी उपप्रमुख अर्चना चौधरीले नेपाल सरकारबाट बित्तिय समानिकरण तर्फबाट १२ करोड ६२ लाख, राजस्व बाडफाड तर्फ ९ करोड ४४ लाख र ससर्थ अनुदान तर्फ १३ करोड ६८ लाख र प्रदेश सरकार तर्फबाट बित्तिय समानिकरण तर्फ प्राप्त हुने ७६ लाख ३९ हजार ससर्थ अनुदान तर्फ १ करोड समपुर्ण अनुदान स्वरुप ४० लाख, आन्तरिक स्रोतबाट १ करोड १९ लाख ९६ हजार, संसदीय बिकास कार्यक्रम तर्फबाट १ करोड ५० लाख, चालु आर्थिक बर्षको मौज्दात १० करोड ८४ लाख ४९ हजार गरि कुल ६० करोड ५४ लाख २८ हजार रुपैया बराबर बजेट प्रस्तुत गरेकी थिइन् ।
२०७६/०७७ को आर्थिक बर्षमा सडक पुर्वाधार स्त्तरोन्नति, शिक्षा, स्वास्थ्य, खानेपानी, कृषि, सिचाइ, पर्यटन, पशुपालन, युवा तथा खेलकुदको बिकास, गरिबी निवारणको लागि सीपमुलक तालिम लगायतमा जोड दिइएको नगरप्रमुख लोक नारायण यादबले बताउनु भयो ।
असार १० गते उद्घाटन गरिएको नगरसभा बिबादका कारण पटक–पटक स्थगित हुदै आइरहेको भए पनि आज बिना बिरोध सम्पन्न भएको थियो ।

https://ankushdaily.com/