बाढी पीडितहरुलाई राहत स्वरुप एक महिनाको तलब दिने घोषणा ः सांसद यादव

12

संतोष रन्जितकार
वीरगन्ज, ३० असार ।
बाढीपीडितहरुको सहयोगका लागि आफ्नो एक महिनाको तलब राहत कोषमा जम्मा गर्ने घोषणा प्रतिनिधिसभाका सदस्य प्रदीप यादवले गरेका छन् ।
बाढी पीडितहरुलाई चाहिने सहयोगमा अझ थप सहयोग प्रदान होस् भन्ने इच्छाका साथ पिडितहरुको राहत स्वरुप आफ्नो एक महिनाको तलब पर्सा जिल्ला विपद्ध व्यवस्थापन समितिको राहत कोषमा जम्मा गर्ने घोषणा सांसद यादवले गरेका छन् ।
यस प्राकृतिक विपदाको घडीमा सबै सहयोगी हातहरुलाई बाढी पीडितहरुका लागी आ—आफनो ठाउँहरुबाट झन् सहयोग गर्न उनले आग्रह समेत गरेका छन् ।
आफनो धनमाल सबै गुमाई सकेका बाढी पीडितहरुलाई अहिले तत्काल राहतको आवश्यक्ता रहेकोले स्थानीय सरकार, प्रदेश सरकार र संघीय सरकारले पनि यथाशीघ्र राहतको व्यवस्था गर्न समेत सम्बन्धित निकायको ध्यानाकषर्ण सांसद यादवले गराएका हुन् ।