बाढी प्रभावित स्थलको अनुगमन गरी डाटा संकलन गर्ने निर्णय

14

संतोष रन्जितकार
वीरगंज, ३० असार ।
अविरल बर्षाका कारण पर्साको विभिन्न वडा, नगरपालिका, गाउपालिकामा धेरै घरहरु डुबानमा पर्नुका साथै भौतिक, धनमालको क्षति भएकोले जिल्ला बिपद ब्यवस्थापन समितिको संयोजक पर्साका प्रमुख जिल्ला अधिकारी नायायण भट्टराईको अध्यक्षतामा सोमबार जिल्ला प्रशासन कार्यालयको सभाहलमा प्रभावित स्थलको अनुगमन गर्नका लागि नेपाल रेडक्रसका स्वयंसेवक, नेपाल प्रहरीका प्रतिनिधिहरु, जिल्ला प्रशासनका प्रतिनिधि तथा स्थानीय प्रतिनिधिको रोहबरमा डाटा संकलन गर्ने छलफल गरिएको छ । स्थलको अनुगमन गर्दा निष्पक्ष एवं आफ्नो इमानदारी पूर्वक मात्र डाटा संकलन गर्न प्रजिअ नायारण भट्टराई, प्रहरी उपरीक्षक सोमेन्द्र सिंह राठौर, रेडक्रस प्रदेश २ का अध्यक्ष फुलमहम्मद मियाँले जोड दिनु भएको थियो ।
उक्त छलफलमा सहायक प्रजिअ नेक्र शर्मा, रेडत्रस बिपद ब्यवस्थापन समितिका संयोजक रामनरेस यादव, कोषाध्यक्ष महन्थ यादव, काशी साह, अनुसन्धानका प्रमुख, प्रशासकीय अधिकृत भानुझक्त बराल, रेडत्रस शाखा अधिकृत उदयराज शर्मा लगायत करिब ६५ जनाको सहभागीता रहेको थियो ।