बीरगन्जका पुर्व वडा अध्यक्ष ‘बमबम’को घरमा गएराती चोरी

5

संतोष रन्जितकार
बीरगन्ज, १ साउन ।
बीरगन्ज वडा नं. ३ का पुर्व अध्यक्ष शुशिल कण्ठ उर्फ बमबमको घरमा गएराती चोरी भएको छ । घरपरिवारको सबै सदस्यहरु बाहिर गएको मौका छोपी गएराती घरका सबै कोठाको ताल्चा तोडेर लाखौ रुपियाँ बराबरको गरगहना, टेलीभिजन सेट, मोवाइल, टेव, लत्ताकपडा, ग्यास सिलिण्डर र सरसमानहरु चोरले चोरेर लगेको छ । घरको फ्रीजमा रहेको ४ बोतल बियर समेत खाएर चोरले सामान लग्नको लागि नारायणी अस्पताल नजिकबाट रिक्सा चोरीगरी चोरीको समान रिक्सामा लगेका थिए । रिक्सा मालपोत गल्ली नजिक बेवारिस अवस्थामा रहेको थियो ।
घटना पछि बिहान छिमेकीले चोरी भएको थाहा पाएपछि प्रहरीलाइ खबर गरेको थियो । प्रहरीले चोर गिरोहले ठुलो परिणाममा चोरी गरेको बताउदै चोरहरुको खोजतलास तथा अनुसन्धान सुरु गरीएको प्रहरीले बताएको थियो ।