ट्रक भित्र सहचालक मृत अवस्थामा फेला

32

संतोष रन्जितकार
वीरगञ्ज, २ साउन ।
भारतीय ट्रकभित्र सहचालक मृत अवस्थामा भेटिएका छन् । युपी २५ सी टी ४४६१ नम्बरको भारतीय ट्रकभित्र सोही ट्रकका सह–चालक भारत बरैली भुताहा थाना बस्ने ४५ वर्षीय सोनु मृत अवस्थामा फेला परेको पर्सा प्रहरीले जनाएको छ । बिरगञ्ज महानगरपालिका वडा नं. २२ जगरनाथपुर स्थित परवानीपुरबाट ड्राइपोटतर्फ जाँदै गरेको भारतीय ट्रकका सहचालक सोनु मृत अवस्थामा फेला परेका हुन ।
सहचालक सोनुको शवलाई पोष्टमार्टमको लागि नारायणी अस्पतालमा पठाइएको तथा ट्रक र चालकलाई नियन्त्रणमा लिइ थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।