बाढी प्रभावितहरुलाई राहत वितरण

14

संतोष रन्जितकार
बीरगंज, २ साउन ।
पर्साको बीरगंज महानगरपालिका वडा नं. २४ रामगढवाको नयाबस्तीमा बाढीबाट प्रभावित भएकाहरु मध्ये वडा समितिको तर्फबाट ६१ जना घरपरिवारलाई बिहिबार एक कार्यक्रमको आयोजना गरी राहत बितरण गरिएको छ ।
गएको बिहीबारदेखि परेको अबिरल बर्साले आएको बाढीमा परी प्रभाबित भएका बीरगंज रामगढवाको नया बसतिमा ६१ घरपरिवारलाई, त्रिपाल, चिउरा, भुजिया, बिस्कुट, चाउचाउ, पानी बितरण गरिएको सामाजिक अभियन्ता ब्रिजेश्वर चौधरीले बताउनु भयो ।
बीरगंज महानगरपालिका वडा नं. २४ रामगढवाका वडा अध्यक्ष दशरत पटेलको अध्यक्षतामा भएको राहत बितरण कार्यक्रममा वडा सदस्य मुमताज अंसारी, प्रदीप बिश्वकर्मा, रामराज प्रसाद यादव, रानीघाट प्रहरी चौकिको प्रहरी हवाल्दार जीवनलाल यादव लगायतको उपस्थिती रहेको थियो । कार्यक्रमको सहजीकरण सामाजिक अभियन्ता ब्रिजेश्वर चौधरीले गर्नु भएको थियो ।