मेयरद्वारा बाढी प्रभावित क्षेत्रमा राहत वितरण

40

संतोष रन्जितकार
वीरगन्ज, २ साउन ।
वीरगन्ज महानगरपालिकाको बाढी प्रभावितलाई राहत बितरण गर्नुका साथै नगर प्रमुख बिजय कुमार सरावगीले बाढीबाट भएको क्षतीलाई पुर्ण व्यवस्थापनको कार्यलाई अगाडि बढाउनु भएको छ ।
बाढीबाट पिडित बेलवाका ८० मुसहर परिवारलाई नगर प्रमुख सरावगीले राहत बितरण गर्नुभएको छ । बाढीको कारण बिचल्लीमा परेका रामऔतार माझी, मुकेश माझी, रामनाथ माझी, बिनोद माझी लगायत ८० परिवारलाई चिउरा, चिनी, बिस्कुट, चाउचाउ लगायतका राहत सामग्रीहरु नगर प्रमुख सरावगीले बितरण गर्नुभएको हो ।

साथै महानगरपालिकाको प्राविधिक टोली सहित बुधबार दिन भरी वडा नम्बर २९, ३० र ३१ मा बाढीबाट भएको क्षतीको बारेमा नगर प्रमुख सरावगीले स्थलगत जानकारी लिनु भएको थियो ।
योजना महाशाखाका प्रमुख अखलाक सिद्धिकि, प्रशासन महाशाखाका अधिकृत सुमन श्रेष्ठ, वडा अध्यक्ष अमानत मिया, धमेन्द्र महतो थारु र चुमन चौधरी एवम राजनैतिक सल्लाहकार मुकेश द्धिवेदी सहितको टोलीसग मुसैली, बस्डीलवा, बेलवा प्रसोतीपुर र लालपर्सा लगायत उत्तरी क्षेत्रमा भएको क्षतीको पुर्ण व्यवस्थापनको लागी स्थानियहरुसंग छलफल गर्दै अविलम्व बाध निर्माण, कलभर्ट तथा बाटोहरुको मर्मत कार्य सुरु गर्न महानगरपालिकाका अधिकारीहरुलाई निर्देशन समेत दिनु भएको थियो ।
मुसैलीको साधु खोलाको पुल र भेडाहा खोलको बाध निर्माण कार्यलाई तिब्रता दिनुका साथै बाढीले गर्दा गाउँहरु जोडने बाटोहरुमा भएको क्षतीलाई अबिलम्ब मर्मत गर्नुका साथै चाहिने ठाउँहरुमा हृयूम पाइप समेतको व्यवस्थापन गर्न योजना प्रमुख डिभिजन इन्जिनियर अखलाक सिद्धिकि र अधिकृत सुमन श्रेष्ठलाई नगर प्रमुख सरावगीले निर्देशन दिनुभएको थियो ।

https://ankushdaily.com/