राष्ट्रिय जनता पार्टी पर्साको बैठक सम्पन्न

21

संतोष रन्जितकार
वीरगंज, २ साउन ।
राष्ट्रिय जनता पार्टी पर्साको जिल्ला समितिको बैठक सम्पन्न भएको छ । सो बैठकबाट बीरगंज महानगरको अध्यक्षको जिम्मेवारी लियाकत अली, त्यस्तै बीरगंज महानगरको युवा अध्यक्षमा राजु गुप्ता, सचिवमा संजीव यादव, कोषाध्यक्षमा भूषाल चौरसिया र महानगरको दलित अध्यक्षमा अजय पासवानलाई जिम्मेवारी दिएको छ । सो बैठक जिल्ला संयोजक बिरेन्द्र यादवको अध्यक्षता सम्पन्न भएको थियो ।

बैठकमा महासचिव राजेश मान सिंह, केन्द्रीय सदस्यहरू शम्भु प्रसाद चौरसिया, बाबुलाल यादव, अध्यक्ष मण्डलको अध्यक्ष प्रेम बाबु पटेल, उपाध्यक्ष मदन प्रसाद यादव, सचिव उमेश लाल सहनी, जिल्ला युवा अध्यक्ष सुशील पटेल, जिल्ला युवा दस्ताको अध्यक्ष बिष्णु पटेल, ठाकुर राम क्याम्पसको ईकाइ अध्यक्ष अमित यादव, युवा नेताहरू अफरोज आलम, सौकत अली, दलितको केन्द्रीय सदस्य रामबाबु पासवान, मुस्लिम बिभागको महानगर अध्यक्ष वकिल हवारी, वीरगंज महानगरपालिका वडा नं. ३ का वडाअध्यक्ष बैजुलाल स्वर्णकार, वडा नं. ५ का प्रदीप चौरसिया लगायतको उपस्थिति रहेको थियो ।