लागुऔषध गांजा सहित चार पक्राउ

44

संतोष रन्जितकार
वीरगंज, २ साउन ।
कारको डिक्की र मोटरसाईकलमा गाँजा राखेर भारततर्फ लैजादै गरेको अवस्थामा वीरगञ्जबाट चार जनालाई प्रहरीले पक्राउ गरेको छ । ना.२४ प. ८७६४ नम्बरको मोटरसाईकलमा र बि आर ०१ डी बी ०००३ नम्बरको भारतीय कारमा १ क्विन्टल २० किलो गाँजासहित उनीहरुलाई वीरगञ्ज महानगरपालिका वडा नम्बर २८ बगही टोलबाट पक्राउ गरिएको हो ।
पक्राउ पर्नेमा सर्लाहीको लालबन्दी नगरपालिका १७ बस्ने २१ वर्षका कार चालक रमेश लामिछाने, सोही ठाउँका २० वर्षका डम्मर मणी घिमिरे रहेका छन् ।
यस्तै पर्साको पटेर्वा सुगौली गाउँपालिका–४ बस्ने ४२ वर्षका प्रेम दास र सखुवाप्रसौनी गाउँपालिका ६ बस्ने ३५ वर्षका राजेश खवास रहेको पर्साका प्रहरी उपरीक्षक सोमेन्द्र सिँह राठौरले जानकारी दिए ।