सात वर्षीय बालिका बलात्कृत

16

वीरगंज, २ साउन ।
वीरगंज महानगरपालिका वडा नं. २९ मा एक सात वर्षीय बालिका बलात्कृत भएकी छिन् । पंडित थरकी उक्त बालिकामाथि अन्याय गर्ने अपराधीहरुलाई मिलाउन चौतर्फी दबाव सृजना भएको छ । बलात्कार बारे प्रहरीेलाई सूचना दिंदा पनि धेरै पछि प्रहरी आईपुगेको बलात्कृत बालिकाको आफन्तजनले बताएका छन् । ६५ वर्षीय बरै थरका बुढाले बलात्कार गरेको घटना प्रकाश आएको भएतापनि गुपचुप मिलाउन प्रयत्न भइरहेको बताइन्छ ।