होटेल भित्र यौन धन्धा चलाउने तथा यौन कार्यमा संलग्न रहेका तीन पक्राउ

37

बारा, २ साउन ।
जीतपुर सिमरा उपमहानगर–१, पथलैयामा होटल संगालो एण्ड गेष्ट हाउस बाहिरबाट हेर्दा यो गेष्ठ हाउस जस्तो देखिएपनि भित्र चाँहि यौन धन्दा हुने गरेको खुलासा भएको छ । सिमराकी ४० वर्षीया पूर्णिमा राय कुर्मी र २१ वर्षीया छोरी सीनाराय कुर्मी मिलेर सञ्चालन गरिरहेको गेष्ठ हाउसमा जबरजस्ती यौन धन्दा गराइने गरेको खुलासा भएको हो ।
बाराको पथलैयाबाट बेपत्ता भएकी १७ वर्षीया किशोरीलाई उनीहरुकै गेष्ट हाउसमा जबरजस्ती करणी गरिएको फेला परेको हो । बेपत्ता भएकी किशोरी अल्पाइन अस्पतालमा उपचाररत अवस्थामा फेला परिकी छिन् ।
चिकित्सकको सल्लाह बमोजिम उनलाई थप उपचारका लागि नारायणी अस्पतालमा थियो । उनको होस खुलेपछि जबरजस्ती करणी भएको रहस्य खुलेको हो । उनीमाथि जीतपुर सिमरा उपमहानगर–१, पथलैयास्थित होटल संगालो एण्ड गेष्ट हाउसमा जर्बजस्ती करणी भएको पाइएको सिमराका डीएसपी गोविन्द पुरीले जानकारी दिए ।
असार २२ गते बिहान सीनारायले ति युवतीलाई ललाइफकाई होटल संगालो एण्ड गेष्ट हाउसमा लगेकी थिइन् । जहाँ सीनाकी आमा ४० वर्षीया पूर्णिमा राय कुर्मी पनि थिइन् ।
पूर्णिमाले उनलाई आर्थिक प्रलोभन देखाउनुका साथै नशालु पेय पदार्थ खुवाए । त्यसपछि उनीहरुले ति युवतीलाई ढोका थुनेर राखेका थिए । भोलिपल्ट साँझ केही युवालाई पठाएर ति युवतीमाथि जर्बजस्ती करणी गरियो । त्यसवापत उनीहरुले प्रतिव्यक्ति ३ हजार रुपैयाँ लिएका थिए ।
पीडितको स्वास्थ्य परीक्षणबाट उनीसँग शारीरिक सम्बन्ध राखिएको पुष्टि भएको प्रहरीले जनाएको छ । पीडितको आमाले किटानी जाहेरी दिएपछि प्रहरीले तीन जनालाई नियन्त्रणमा लिएको छ ।
पक्राउ पर्नेमा होटल सञ्चालिका आमाछोरी पूर्णिमा राय र सीनाराय कुर्मीसहित करणीमा संलग्न विशाल कुमार गुप्ता रहेका छन् । कानुनतः १८ वर्ष पूरा नभएकासँग सहमती मै सम्बन्ध भएपनि जर्बजस्ती करणी मानिन्छ ।